हिपमत डटकम
खोटाङ,माघ-१९ गते । उदयपुर रौतामाई-३ बस्ने मान बहादुर राईको छोरी १३ बर्षीया भावना राई मृत अवस्थामा फेला परेकी छिन । गत पुष २६ गते कोही कसैलाई जानकारी नगराई घरबाट हिडेकी भावनालाई खोटाङ हलेसी तुवाचुङ-५ स्थित सुनकोशी नदिको किनारामा स्थानीय बासीहरुले मृत अबस्थामा खोलाले बगाई ल्याएको देखी आज बिहान ११ बजे ईलाका प्रहरी कार्यालय हलेसीमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।