नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानमन्त्रीलाई नैतिकता सिकाउनेहरूले उनीविरुद्ध समर्थन फिर्ता लिन डराउने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले अविश्वासको प्रस्ताव फेल हुन्छ भनेर डराउने तर प्रधानमन्त्रीलाई नैतिकता सिकाउने भन्दै प्रश्न उठाएका हुन् । साथै उनले सभामुख समेत नेकपाबाट निर्वाचित भएको बताउँदै अब उपसभामुख कुन दलबाट कुन नैतिकताले खोज्ने भन्दै प्रश्न गरे ।

उनले भने– ‘नैतिकता कता गयो कसरी खोज्ने ? सभामुख महोदय तपाई निर्वाचित हुँदा नेकपा थियो अब उपसभामुख चुन्ने हो भने दलीय सहभागिता कसको भन्ने अनि नैतिकता कसले कसलाई सिकाउने, आफैं भत्ता बढाउन माग गर्ने अनि प्रधानमन्त्री समर्थित सांसदले माग गरे भने प्रचार गराउने नैतिकता के हो कसले कसलाई पढाउने ?’ उनले चुनावमा जान खुट्टा कमाउनेहरूले नै लोकतन्त्रको बाजा बजाएको आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!