हिपमत डटकम

मंगलबार, चैत्र १०, २०७७ || 586  पटक पढिएको

अस्ट्रेलियाको संघीय संसदमा यौन गतिविधिहरूमा संलग्न सरकारी कर्मचारीहरूको तस्वीर र भिडियो लीक गरिएको छ ।

त्यसअघि एक महिलाले संसद् परिसरमा आफूमाथि यौन शोषण गरिएको आरोप लगाएकी थिइन् । सरकारका शीर्ष अधिकारीलाई यसको जानकारी भए पनि उनीहरूले आरोपितमाथि कुनै कारवाही नगरेको उनले बताइन् ।

उनको खुलासापछि अस्ट्रेलियामा यौन हिंसाविरुद्ध प्रदर्शनहरू भएका छन् ।

अस्ट्रेलियाको पत्रिका दी अस्ट्रेलियन र च्यानल १० ले संसदमा यौन गतिविधिको भिडियो सार्वजनिक गरेका हुन् । भिडियो एक सूचनादाताले उपलब्ध गराएका हुन् ।

भिडियो सार्वजनिक भएपछि अस्ट्रेलियामा महिला तथा आम जनताले सरकारको विरोध चर्काएका छन् । सरकारले समयमै कारवाही नगरेको भन्दै मानिसहरू आक्रोश व्यक्त गरिरहेका छन् ।

टम नामक ह्विसलब्लोअरले मिडियालाई जानकारी गराएअनुसार, सरकारी कर्मचारी र स्टाफ संसद्को प्रेयर रूमलाई यौनकर्मका लागि उपयोग गर्छन् । यौनकर्मीहरूलाई पनि संसद् भवन ल्याउने गरिएको छ ।

कर्मचारीहरूको समूहले एकअर्कासँग निजी तस्वीर शेयर गर्ने गर्थ्यो भन्दै टमले कुनै कर्मचारीले कानून तोडेको नभए पनि नैतिक रूपमा उनीहरू खोक्रो भइसकेको बताए ।

भिडियो सार्वजनिक भएपछि एक कर्मचारीलाई तत्कालै हटाइएको छ । सरकारले थप कारवाही गर्ने बताएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!