हिपमत डटकम

सोमबार, चैत्र ०९, २०७७ || 684  पटक पढिएको

पछिल्लो तीन वर्ष‍ टेस्लाको मोडल-३ संसारमा सबैभन्दा बढी बिक्री हुने विद्युतीय कार बनेको थियो। यसपटक भने चिनियाँ कम्पनीबाट निर्मित ‘वुलिङ हङ गुआङ मिनी इभी’ले टेस्लालाई उछिनेर संसारकै सबैभन्दा बढी बिक्री हुने बिजुली कार बनेको हो।

अमेरिकी टेक्नोलोजी वेबसाइट ‘द भर्ज’का अनुसार सन् २०२१ को पहिलो दुई महिना, जनवरी र फेब्रुअरीमा मात्र वुलिङ हङ गुआङ मिनी ५६ हजार बिक्री भएको छ।

जनवरीमा यो कार ३६ हजार बिक्री भएको छ भने टेस्ला मोडल ३ जम्मा २१ हजार ५ सय संख्यामा बिक्री भएको हो। फेब्रुअरीमा वुलिङको हङ गुआङ मिनीको बिक्री २० हजारभन्दा बढी रह्यो भने टेस्ला मोडल-३ को बिक्री १३ हजार ७ सय मात्र भएको रेकर्डमा उल्लेख छ।

उक्त मिनी कारको मूल्य चिनियाँ युआन २८ हजार ८ सय तोकिएको छ। अर्थात् अमेरिकी डलर झन्डै ४ हजार ५ सय हुन्छ। टेस्ला मोडल-३ को मूल्य अमेरिकी डलर ३८ हजार १ सय ९० बाट सुरू हुन्छ।

आर्थिक हिसाबमा वुलिङ हङ गुआङ मिनीको बजार मूल्य टेस्ला मोडल-३ को तुलनामा सस्तो र किफायती छ। टेस्ला मोडल-३ को तुलनामा वुलिङको हङ गुआङ मिनीको ब्याट्री, दायरा र क्षमता पनि राम्रो भएको द भर्जले लेखेको छ। वुलिङ हङ गुआङ मिनी ११५ इन्च लम्बाइ, ५९ इन्च चौडाइ र ६४ इन्च उचाइमा तयार भएको छ।

यो गाडी ६६५ केजीको छ। एकपटक चार्ज गरेपछि १७९ किलोमिटरसम्म गुड्ने कम्पनीले दाबी गरेको छ। कार प्रतिघण्टा १०० किलोमिटरको गतिमा पुग्न सक्छ।

टेस्ला मोडल-३ भने १८५ इन्च लम्बाइ, ७३ इन्च चौडाइ र ५७ इन्च उचाइमा तयार भएको छ। एकपटकको चार्जमा यो कारले भने ४०२ किलोमिटर गुड्ने क्षमता दिन्छ।

द वुलिङ हङ गुआङ मिनी गत वर्षको मध्यतिर सार्वजनिक भएको हो।

यो चिनियाँ राज्य स्वामित्वमा रहेको अटो निर्माता एसएआइसी मोटर, वुलिङ मोटर र अमेरिकी अटो जेनरल मोटर्सको संयुक्त साझेदारीमा निर्माण गरिएको हो। चिनियाँ बजारमा यो अटो कम्पनी वुलिङ मोटर नामबाट प्रख्यात छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!