अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प एकपटक पुनः सोसल मिडियामा फिर्ता हुने तयारीमा छन् । ट्रम्पलाई संसद भवनमा ६ जनवरीमा भएको हिंसापछि ट्वीटर, फेसबुक तथा अन्य सोसल मिडिया साइटमा प्रतिबन्ध गरिएको थियो । तत्पश्चात् उनलाई सोसल मिडिया प्लेटफर्ममा कहिँ कतै देख्न पाइँदैन । अब खबरका अनुसार ट्रम्प अबको दुई तीन महिनामा आफ्नै सोसल मिडिया सार्वजनिक गर्ने तयारीमा छन् । ट्रम्पका सिनियर एड्भाइजरले आइतबार यसबारे खुलासा गरेका हुन् ।

९ जनवरीमा सोसल मिडियामा प्रतिबन्ध भएका थिए ट्रम्पः

ट्रम्पको ट्वीटर अकाउन्टलाई ट्वीटरले ९ जनवरीमा सधैंका लागि सस्पेन्ड गरेको थियो । ट्वीटरले ट्रम्पको ट्वीटमार्फत् पुनः हिंसा भड्कने आशंका जताउँदै उनको अकाउन्ट सस्पेन्ड गरिदिएको थियो । ट्वीटरमाथि ट्रम्पको अकाउन्ट सस्पेन्ड गर्नका लागि निकै दबाब थियो । मिशेल ओबामासमेत ठूला हस्तीले ट्रम्पको अकाउन्ट बन्द गर्न माग गरेका थिए ।

ट्वीटर अघि फेसबुकले पनि ट्रम्पलाई प्रतिबन्ध गरिदिएको थियो । यसबाहेक स्न्यापच्याट, युट्युब, ट्विच र रेडिटले पनि ट्रम्पलाई आ–आफ्नो प्लेटफर्ममा प्रतिबन्ध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!