पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै शक्ति आफूमा केन्द्रीत गरिरहेको बताएका छन्।
नेपाली हिटलरको उदय भएको दाबी गरेका भट्टराईले लेखेका छन्, ‘नेपाली हिटलरको उदय त्यसरी नै भइरहेको छ। उसले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रीत गरेर सबैमाथि खड्ग चलाउँदैछ, होशियार।’
एमाले अध्यक्ष ओलीमाथि पछिल्लो समय शक्ति केन्द्रीकृत गर्न लागेको आरोप छ।
भट्टराईले हिटलरबारे चर्चित भनाइसमेत उल्लेख गर्दै ट्वीट गरेका छन्, ‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिनँ किनकी म यहुदी थिइनँ। अन्त्यमा उनीहरू मविरूद्ध आइलागे, कोही पनि बाँकी थिएन।’
ओलीप्रति भट्टराई पछिल्लो समय आक्रामक देखिएका छन्। उनले ओलीलाई प्रधानमन्त्रीबाट छिटो बिदा गर्नुपर्ने बताउने गरेका छन्।