हिपमत डटकम

शनिबार, चैत्र ०७, २०७७ || 626  पटक पढिएको

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसले सरकारको नेतृत्वमा अरु दललाई अघि बढाएर भएपनि केपी ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् ।
शनिबार नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति सभामा बोल्दै वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसले अरु राजनीतिक पार्टीलाई सरकारको नेतृत्वमा अघि सारेर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा जानुपर्ने बताएका हुन् ।

राजनीतिक अन्यौलता भएको भन्दै उनले अन्यौलता लाई अन्त्य गर्न नेपाली कांग्रेसले सबै पार्टीलाई समायोजन गर्ने हैसियत राख्नुपर्ने बताए । नेतृत्वले निर्णय लिन नसकेको भन्दै उनले पार्टी नेतृत्व किंकर्तव्यविमुढ भएर बस्ने बेला नभएको धारणा राखे । उनले भने, ‘अहिलेको संसदमा रहेको हाम्रो पार्टीको नेतृत्वले गर्ने काम, संसदमा रहेका पार्टीहरू मध्ये को–को सँग मिलाएर÷मिलेर के गरेर हुन्छ कसैलाई अगाडी बढाएर हुन्छ कि, आफु अगाडी बढेर हुन्छ कि अहिलेको केपी ओली जसले यत्रो ठुलो उत्पात गरे । उधुम गरे । तिनको विकल्पमा नयाँ शसक्त विकल्प नेपाली कांग्रेसले प्रस्तुत गर्नका लागि समायोजनको संयोजकको भुमिका नेपाली काँग्रेसजस्तो पार्टीले खेल्नुपर्छ । यो पार्टीले सबै पार्टीलाई समायोजन गर्ने हैसियत राख्नुपर्छ । देशलाई ठिक दिशा दिने हैसियत राख्नुपर्छ । देशलाई अन्योलमा राख्ने होइन । अहिलेको अन्योललाई अन्त्य गर्ने हैसियत नेपाली कांग्रेसले राख्नुपर्छ । नेपाली कांग्रेसको नेतृत्वले राख्नुपर्छ । नेपाली कांग्रेसको नेतृत्वले राष्ट्रको नेतृत्व दिने यस्तै बेलामा हो । उहाँहरु कर्तव्यच्यूत, किंकर्तव्यविमूढ भएर बस्ने बेला होइन ।’

नेपाली कांग्रेसका कतिपय नेताहरुले चुनावको पक्षमा बोल्ने गरेको भन्दै उनले नेपाली कांग्रेसले चुनावको पक्षमा वकालत गर्नु नहुने बताए । संसदमा भएका शक्तिहरूलाई समायोजन गरेरै विकल्प दिनुपर्नेमा उनको जोड छ ।
बरिष्ठ नेता पौडेलले लोकतन्त्र पक्षधरहरुको सरकार दिनुपर्ने बताए । संविधान बचाउने सरकार ल्याउन र व्यवस्था बचाउने शक्ति यही संसदभित्र निर्माण गर्न नेपाली कांग्रेसले कुशलता देखाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!