हिपमत डटकम

शनिबार, चैत्र ०७, २०७७ || 531  पटक पढिएको

नेकपा एमालेले समानान्तर गतिविधि गर्दै आएका माधव नेपालसहितका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र राम कुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले बताए । उनीहरुमाथि पार्टी हित विरुद्ध काम गरेको, नेतृत्व र पार्टीलाई खुइल्याउन लागिपरेको, सरकारको बदनाम गर्दै गुटगत भेला गरेको जस्ता आरोप लगाइएको छ ।

बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरुको बन्द सूचीमा रहेको नाम हटाउने राख्ने या हेरफेर गर्ने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन पनि गरेको छ ।

अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै कामको सम्पूर्ण अधिकार पार्टी अध्यक्षलाई दिने पनि बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!