नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । संसदीय दलको बैठक सकिएको केही घण्टापछि केन्द्रीय समिति बैठक सुरु भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकमा माधव नेपाल पक्ष सहभागी छैन भने संसदीय दलको बैठकमा सहभागी भएका वामदेव गौतम पनि अनुपस्थित रहेका छन् ।
संसदीय दलको बैठकपछि गौतम आफू उपचारका लागि जाने भन्दै केन्द्रीय कमिटीको बैठकमा नबसी निस्किएका थिए ।