हिपमत डटकम

शनिबार, चैत्र ०७, २०७७ || 777  पटक पढिएको

नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे १० बजेदेखि बैठक सुरु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गरेपछि तटस्थ देखिएका नेता वामदेव गौतम पनि आजको बैठकमा सहभागी भएका छन् ।

शनिबार पार्टी संसदीय दलको बैठकमा गौतम सहभागी भएको एमाले राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक खिमलाल देवकोटाले जानकारी दिए ।

पार्टीभित्र विवाद मिलाउन भन्दै गौतमले छुट्टै अभियान सञ्चालन गर्दै आएको सन्दर्भमा गौतम बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

शुक्रबार पनि गौतमले सबैलाई बैठकमा उपस्थित हुन आग्रह गरेका थिए । पार्टीका माधव नेपाल पक्षले भने बैठकमा उपस्थिति नहुने निर्णय गरिसकेको छ ।
नेपाल पक्षले फागुन २८ गतेको निर्णय नसच्चिएसम्म बैठकमा सहभागी हुन नसक्ने अडान लिँदै आएको छ । फागुन २८ मा ओलीले जिम्मेवारी हेरफेर गर्नुका साथै अध्यक्ष र महासचिव बाहेकका पदाधिकारीको पद खारेज गरिदिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!