हिपमत डटकम

शुक्रबार, चैत्र ०६, २०७७ || 1124  पटक पढिएको

एजेन्सी । म्यानमारस्थित आफ्ना समाचारदाता बेपत्ता भएको बेलायती प्रसिद्ध समाचार संस्था बीबीसीले जनाएको छ । अपरिचित व्यक्तिहरुले उनलाई शुक्रबार नियन्त्रणमा लिएर बेपत्ता पारेको बीबीसीका अधिकारीहरूको भनाइ छ ।

‘म्यानमारस्थित हाम्रा समाचारदाता अउङ थुराको अवस्थाका बारेमा हामीलाई गहिरो चिन्ता लागेको छ, उहाँलाई अपरिचित व्यक्तिहरूले बेपत्ता पारेका छन्’ बीबीसीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ ।

म्यानमारको राजधानीबाट दिउसो नै उनी बेपत्ता भएको र उनको खोजीका लागि बीबीसीले सबै प्रयास गरिरहेको पनि जनाइएको छ । उनलाई तत्काल सुरक्षित रुपमा उद्धार गर्न र खोजी कार्यमा सक्रिय हुन बीबीसीले सवै सरोकारवालाहरूलाई आह्वान गरेको छ ।

बीबीसीका समाचारदातासँगै स्थानीय मिज्जीमाका समाचारदाता थान हटिक अउङ पनि बेपत्ता भएका छन् । उनलाई पनि अपहरण गरिएको सो संस्थाले जनाएको छ । म्यानमारमा गत फेबु्रअरी १ देखि सेनाले सत्ता कब्जा गरेपछि राजनीतिक आन्दोलन चलिरहेको छ । आन्दोलनका क्रममा दर्जनौको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।

सेनाले नेतृ आङसान सूचीसहित धेरै नेताहरूलाई अहिले पनि नियन्त्रणमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!