हिपमत डटकम

बुधबार, पौष ०९, २०८२ || 150  पटक पढिएको

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण बनाउने विषयमा शीर्ष राजनीतिक नेतृत्वबीच समझदारी भएको छ।

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालबीच भएको छलफलमा यस्तो समझदारी बनेको हो।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार निर्वाचनको अनुकूल वातावरण निर्माणका लागि थप विस्तृत छलफल प्रधानमन्त्री निवास बालुवाटारमा गर्ने सहमति पनि भएको छ।

छलफलका क्रममा राष्ट्रपति पौडेलले देशको वर्तमान अवस्था गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै त्यसको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताउनुभयो। उहाँले तोकिएको मितिमा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबै राजनीतिक शक्तिको साझा दायित्व भएकोमा जोड दिनुभयो।

राष्ट्रपतिले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!