आइतबार, माघ १९, २०७६ || 1806  पटक पढिएको

हिपमत डटकम
बिराटनगर, माघ १९ गते । झापा र ईलाममा आगोले जलेर २ जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका-५ को रतुवामाई बृक्षारोपण आयोजनाको टुक्रे जंगलमा शनिवार अपरान्ह सवा ४ बजे भएको आगलागीमा परी १ जनाको मृत्यु भएको छ । जंगलमा लागेको आगो निभाउन रतुवामाई बृक्षारोपण आयोजना केन्द्रको टोली र स्थानीयवासी समेतको टोली गएकोमा आगो निभाउने क्रममा स्थानीयवासी ६० बर्षीय राम बहादुर बस्नेत आगोले डढेर घटनास्थलमा नै मृत्यु भएको हो । यसैगरी ईलामको रोङ गाउँपालिका-६ की ६६ बर्षीया देवी भण्डारी आफ्नै घर भित्र आगो तापिरहेकोमा आगोले जलेर मृत्यु भएको छ । आगो तापिरहेको अवस्थामा अचानक कपडाबाट आगो सल्कन गई घाईते भएकी भण्डारीको उपचारको क्रममा बिराटनगरको म्याक्स अस्पतालमा राती साँढे ११ बजे मृत्यु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!