हिपमत डटकम

शुक्रबार, चैत्र ०६, २०७७ || 1102  पटक पढिएको

प्रतिनिधिसभाको बैठक आगामी चैत १० गतेसम्मका लागि स्थगित भएको छ । आजको बैठकमा विभिन्न राजनीतिक दलका दोश्रो तहका नेताहरुले सम्बोधन गरेका छन् । बैठकमा नेकपा एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, माओवादी केन्द्रकी सांसद पम्फा भुसाल, राजपाका सांसद राजकिशोर यादव, जनमोर्चाकी दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सम्बोधन गरे ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न कारणबाट अनुपस्थित भएका सांसदको सूचना प्रस्तुत गरेका थिए । यस्तै प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री लिलानाथ श्रेष्ठले लोकसेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन पेश गरे । यस्तै काँग्रेसका नेता एवम् पूर्व सांसद अशोक कोइरालाको ७१ वर्षको उमेरमा भएको निधनप्रति शोकप्रस्ताव पारित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!