हिपमत डटकम

शुक्रबार, चैत्र ०६, २०७७ || 593  पटक पढिएको

हलिउड अभिनेत्री एन्जेलिना जोलीले अभिनेता ब्राड पिट विरुद्ध घरेलु हिंसाको मुद्दा हालेकी छन्। भारतीय मिडिया एनडिटिभीका अनुसार एन्जेलिनाले ब्राडमाथि लगाएको आरोप दाबी गर्न प्रमाण पनि पेश गर्ने बताएकी छन्। सो आरोप पुष्टि गर्न यो जोडीका छोराछोरीले पनि साक्षी बयान दिने सहमति भएको खबरमा उल्लेख छ।

सन् २००४ मा एन्जेलिना र ब्राडको भेट ‘मिस्टर र मिसेस स्मिथ’ फिल्म छायांकनका बेला भएको थियो। त्यसपछि उनीहरुको भेट प्रेममा बदलियो र सन् २०१४ मा उनीहरुले बिहे गरे।

बिहे भएको दुई वर्षपछि नै मनमुटावका कारण एन्जेलिना र ब्राड एकअर्काबाट टाढिए। तर हालसम्म उनीहरुको सम्बन्ध-विच्छेद भएको छैन र अहिलेसम्म कानुनी लडाइँ लडिरहेका छन्। सन् २०१९ मा दुबैले आफूहरु अरु कोहीसँग सम्बन्धमा दाबी गरेका थिए।

उनीहरुका ६ छोराछोरी छन्। १९ वर्षीय म्याडोक्स जेठा छोरा हुन्। उनीपछि १७ वर्षीय प्याक्स, १६ वर्षीय जाहारा, १४ वर्षीय शिलो र १२ वर्षीय जुम्ल्याहा नक्स र भिभिन्नी छन्। सबै छोराछोरी अदालतमा बोल्न सक्षम भएकाले उनीहरुका कुराले पनि मान्यता राख्ने एनडिटिभीले लेखेको छ।

सन् २०१६ मा ब्राड पिटमाथि बाल दुर्व्यवहारको आरोप लागेको थियो। उक्त केस एफबिआइले हेरेर आरोप गलत साबित गरेको थियो।

ब्राडलाई लगाइएको घरेलु हिंसाको आरोप एन्जेलिनाले बदनाम गर्न लगाइएको हल्लासमेत चलेको थियो।

रिर्पोटका अनसार विगत चार वर्षदेखि एन्जेलिनाले ब्राडमाथि लगाइएका आरोपहरु गलत प्रमाणित भइरहेको छ। उनी आफ्ना छोराछोरीका माध्यमबाट ब्राडलाई नराम्रो बनाउन लागि परेको अनुमान गरिन्छ।

ब्राड पिट सन् २०१९ मा रिलिज भएका फिल्म ‘एड एस्ट्र’ र ‘वान्स अपन अ टाइम इन हलिउड’मा देखिएका थिए। हाल उनी नयाँ थ्रिलर फिल्म ‘बुलेट ट्रेन’को छायांकनमा व्यस्त छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!