चैत्र पहिलो सप्ताहको अन्तिम कारोबार दिन परिसूचक बढे संगै कारोबार रकम समेत बढेको छ । मंगलवार देखि उकालो लागेको बजार बिहीवार ४२.९५ अंकले बढेर २४७५.०९ बिन्दुमा बन्द भएको छ ।

बिहीवार २४४८.७२ विन्दुबाट शुरु भएको बजार उकालो ओरालो गर्दै २४७५.०९ बिन्दुमा बन्द भएको हो । यस दिन सेन्सेटिभ इन्डेक्स समेत ५.५५ अंकले बढेर ४४४.१५ बिन्दुमा बन्द भएको छ ।

२१३ कम्पनीको ५७ हजार ७४२ पटकको लेनदेन कारोबारमा १ करोड १६ लाख ५७ हजार ९७५ कित्ता शेयर कारोबार भएको छ भने ४ अर्ब ६६ करोड १७ लाख ९२ हजार १८७ को रकम कारोबार भएको छ ।

बिहीवारको कारोबारमा सर्वाधिक उत्पादन तथा प्रशोधनको ३.०२ प्रतिशत, लाइफ इन्सोरेन्स २.५५ प्रतिशत, माईक्रोफाइनेन्स २.४२ प्रतिशत, अन्यसमूह २.१६ प्रतिशत, इन्भेष्टमेन्ट २.०६ प्रतिशत परिसूचक बढेको छ । यस दिन एकमात्र ट्रेडिङ्गको परिसूचक १.०६ प्रतिशतले घटेपनि अन्य सबै क्षेत्रको परिसूचक बढेको छ ।

यस दिन सर्वाधिक ग्रीन लाईफ हाइड्रोपावर र युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै चन्द्रागिरी हिल्सको ९.९६ प्रतिशत र नेपाल बंगलादेश बैंकको ९.७५ प्रतिशत शेयरमूल्य बृद्धि भएको हो ।

बिहीवार सर्वाधिक जोशी हाइड्रोपावरको ६.८५ प्रतिशत र आखुखोला जलविद्युत् कम्पनीको शेयरमूल्य सर्वाधिक ६.३३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!