बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकले संसदीय दलको बोर्ड गठन गरेको छ । बैठकले २७ सदस्यीय बोर्ड गठनको निर्णय गरेको हो ।
त्यस्तै बैठकले संसदीय दलको विधान संशोधन सम्बन्धि प्रस्ताव गर्न कार्यदल समेत गठन गरेको छ । विधान संशोधन समितिमा विशाल भट्टराई ,शेरबहादुर तामाङ र विमला राई रहेका छन् ।
बैठकले पार्टीमा गुटगत भेला गरे कार्वाही गर्ने र आत्मालोचना गरेर बैठकमा सहभागी हुन आग्रह गर्ने निर्णय गरेको छ । सांसदहरुले नियम उल्लंघन गरे संसदीय बोर्ड बैठकले कार्वाही गर्ने ब्यवस्था रहेको छ ।