हिपमत डटकम

बिहिबार, चैत्र ०५, २०७७ || 741  पटक पढिएको

दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन् ।

जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश दमाइँ, ससुरा प्रेम दमाइँ, सासू दुर्गा दमाइँ र उनकी बहिनी रम्भालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

गत फागुन ६ गते मीनाको घरमै घाँटी थिचेर हत्या भएको हुनसक्ने जनाउँदै प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदातलमा जाहेरी दिएको थियो ।

अनुसन्धानका क्रममा परिवारका सदस्यलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!