बीरेन्द्रकुमार साह

बिहिबार, चैत्र ०५, २०७७ || 1639  पटक पढिएको

समाजका लागि केही गर्ने इच्छा भएका व्यक्ति आफ्नो व्यक्तिगत जीवनको परवाहै नगरि दिन रात एक गरेर, आफुसँग भएका सम्पूर्ण शक्ति प्रयोग गरेर समाजका लागि केही गर्छ । उनको चाहना यती मात्र हुन्छ की मैले गरेको कामको तारिफ होस्, समाजबाट हौसला प्रदान होस् र समाजमा सकारात्मक कार्यको शुरुवात होस् । समाजका लागि केही गर्ने व्यक्तिहरुमा पुरस्कार र सम्मानको लालसा हुँदैन । उनीहरु निरन्तर संघर्स गरिरहेका हुन्छन् ।

तर, हाम्रै समाजमा यस्ता पनि व्यक्तिहरु छन् जो जीवनमा कहिले केही गर्दैनन्, कहिले मिहनेत गर्दैनन्, कहिले अरुको राम्रो सोच्दैनन् तैपनि मान–सम्मान र पुरस्कारका लागि अग्रपंक्तिमा उभिएको हुन्छ । सम्मान र पुरस्कारका भोका हुन्छन् उनीहरु । मानौं कि पुरस्कार र सम्मंनकालागी नै यो धर्तीमा जन्म लिएका हुन् की ? यदि मलाई भन्नु पर्दा मैले जसको सक्ति उसैको भक्ति भन्नु पर्छ । किनकी उनीहरु सामर्थवान छन् । अहिले पुरस्कार र सम्मंनका विषयमा जहाँ पनि यहि सिद्धान्त लागु हुन्छ । पुरस्कार र सम्मानका भोकाहरु सम्मान र पुरस्कार कहाँ–कहाँबाट पाईन्छ दिन रात त्यसैको खोजीमा हुन्छन् ।

एउटा प्रशंग तपाईहरुमाझ राख्न चाहन्छु एक व्यक्तिले मेरै अगाडी एउटा संस्थाको हाकिमलाई पटक–पटक अनुरोध गरिरहेको थियो, “दाई तपाई यो पदमा हुँदा पनि मैले सम्मान र पुरस्कारहरु पाईन । अरु–अरु मानिसहरुलाई मात्र सम्मान र पुरस्कार दिनु भयो, दाई यो त म प्रति अन्याय भयो ।” उहाँको कुरा सुनेर मेरो मन भित्र रिसको ज्वारोभाट नै दन्किरहेको रह्यो । फेरी उताबाट जवाफ आयो, “अस्ति फलानो–फलानो पुरस्कार तिमीलाई दिएको होईन, बिर्सियौ ? अझै पार्टी पनि खुवाएको छैनौ ? २ बर्षको मेरो कार्य कालमा तिमीलाई मैले ४ वटा सम्मान र पुरस्कार दिए अब कति चाहियो ?” यी दुई जना व्यक्तिबीचका कुरा अझै जारी नै थियो । पुरस्कार पाउने महानुभाले आफ्नो लालसा फेरी प्रक्ट गरे, “दाई अझै २ वटा पुरस्कार बाँकि छ नि, तपाईको कार्यकालमा त्यो दुइ वटा पुरस्कार नि पाउने व्यवस्था मिलाई दिनु पर्यो दाई, नभए मा रिसाउँछु नि तपाई संग ।” हे भगवान ! उहाँको कुरा सुनेर म आफै लज्जित भए, कस्तो खालको मानिस होला भनेर ! यो त घोर कलयुग भयो । एतिका सम्मान लिए पनि अझै पुगेन ? यो प्रसंग सुन्दा सुन्दै मेरो आक्रोश बढ्दै थियो । मेरो बस चलेको भए म एक ट्रक सम्मानले ती व्यक्तिलाई पुरी दिन्थे होला ।

जुन व्यक्ति सम्मनंकालागी पटक–पटक निहोरा गरिरहेका थिए, त्यो व्यक्तिको समाज प्रति न कुनै योगदान छ, न त त्यसले केही काम गरेको छ । साँच्चै नै भन्ने हो भने त्यो व्यक्ति एउटा पनि सम्मन पाउने लायक छैन । तैपनि तिनै व्यक्तिलाई सम्मान पुगेको छैन । वाह रे जवाना ।
अब अर्को प्रसंग तिर लागै, सम्मान दिने व्यक्ति र संस्था तिर । यसो हेर्दा दिनैपिच्छे कोही न कोही सम्मान पाएकै हुन्छ । मैले देश भरिको कुरा गरेको होईन, बिराटनगरमा नै दैनिक जसो सम्मान वितरण भई रहन्छ । सम्मान दिने संस्थामा पदाधिकारी सदस्यहरु भएपनि कसलाई र किन सम्मान दिने विषयमा कुनै छलफल पनि हुन्छ की हुँदैन शंका लागि रहेको छ । आखिर सम्मान दिने मापदण्ड के ? के साँच्चिकै सम्मान दिने व्यक्ति सम्मान प्राप्त गर्ने लायक छ की छैन ? किन सम्मान दिनु पर्यो ? सम्मान पनि पुर्खौली सम्पत्ति नै हो त ? आफ्नो मनमौजीमा जो सुकैलाई पनि दिन मिल्ने । वर्तमान अवस्थालाई हेर्दा सम्मान कौडीको भाउमा बाँडिदैछ यो अति भएन र ?

पटक–पटक सम्मान पाई रहेका व्यक्तिको लागि नै सिफारिस पनि हुन्छ । मनौ उनहीहरु बाहेक अरु कोही सम्मान पाउने योग्य नै छैन । उनीहरुको नजरमा बस ति नै सिमित व्यक्ति सम्मन पाउन लायका छन् । कहिले पनि आफ्नो र आफ्नो नजिकको बाहेक अरु योग्य व्यक्ति लाई उनीहरुले हेर्दैन । के पुरस्कार र सम्मानमा सिन्डिकेट लगाएको हो ? यसरि वितरण गरेको पुरस्कारको के अर्थ ? यसरी वितरण गरेको सम्मानको के भ्यालु ? सम्मानको सम्मान होईन यसरी बदनाम भई रहेको छ, यो कुरा बुझ्नु जरुरी छ । अब कसैले केहि बोल्दैन र बिरोध गर्दैन भन्नुको मतलब यो होईन कि तपाईको निर्णय सबैलाई मन परेको छ । एक दिन मन भित्रको विरोधरुपी ज्वाराभाट फुट्ने छ र आँधि तुफान आउन बेर लाग्दैन, यस विषयमा पनि सचेत हुन र विचार गर्नु आवश्यक रहेको छ ।
यस्तो व्यक्तिलाई सम्मान गर्नुस् जो आजीवन कुनै न कुनै क्षेत्रमा निःस्वार्थ रुपमा आफ्नो योगदान दिरहेको छ । कहिले पनि कुनै पुरस्कार र सम्मंकालागी कुनै नेता वा मन्त्रीको सोर्स लगाएन, कहिले पनि तपाईको सामु बिन्ती बिसाएन, त्यस्तो व्यक्ति वास्तवमा सम्मानका लायक छन् र वहाँहरुलाई सम्मान गर्दा सम्मान पनि सम्मानित हुन्छ ।

अझै केहि बितेको छैन हिजो जे गल्ति भयो भयो, अब त्यसलाई सुधार गरेर अगाडी बढ्नु आजको आवश्यकता हो । समाजमा यस्ता धेरै व्यक्ति छायामा परेका छन्, जसलाई तपाईँहरुबाट प्रदान गरिने सम्मान र पुरस्कारले थप हौसला प्रदान हुनेछ । त्यस्ता व्यक्तिलाई उसको कार्यको योगदानको कदर गर्नुस्, माया दिनुस्, सम्मान र पुरस्कार दिनुस् ।

गत हप्ता हिपमतमा प्रकाशन भएको मेरो लेख सम्मानको बदनाम किन शिर्षकको लेखमा धरै व्यक्ति तथा संघ सस्थाको राम्रो–राम्रो प्रतिक्रिया आयो र फेरि पनि यसै बिषयमा लेख्नुस भनेर अनुरोध आयो फेरि पनि आजको अंकमा यसै विषयमा लेख्ने प्रयास गरेको छु जब सम्म बिराटनगरमा सम्मान दिने र लिने व्यक्ति सचेत हुदैन तब सम्म यस बिषयमा मेरो कलम निरन्तर चलिनै रहने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!