हिपमत डटकम

बुधबार, चैत्र ०४, २०७७ || 1208  पटक पढिएको

बल्खुको सुकुम्बासी बस्तीमा श्रीमतीको हत्यापछि श्रीमान् सन्तोष सापकोटाले गहना लुटेर लगेको पाइएको छ । सामान्य विवादका क्रममा भएको झगडामा हतौडा प्रहार गरी श्रीमती सन्तोषी श्रेष्ठ सापकोटाको हत्या गरेपछि गहना लुटेको पाइएको हो ।

प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले भने, ‘हत्यापछि मृतकको हातको बाला, दुईवटा मुन्द्रा, २३ हजार रुपैयाँ नगद र आइफोन समेत लिएर भागेको अवस्थामा उनलाई पक्राउ गरेका छौँ।’ सिंहका अनुसार सन्तोष लागूऔषध दुर्व्यसनी समेत हुन् ।

नियमित लागूऔषध सेवन गर्नुपर्ने व्यक्तिलाई पैसाको अभाव भएकाले उनले हत्यापछि श्रीमतीको गहना लुटेको हुन सक्ने भनिएको छ । प्रहरीसँग दिएको बयानका क्रममा उनले श्रीमती सन्तोषीले पनि आफूले चिथोरेको र जवाफमा हतौडाले हानेको भनेका छन् ।

सोमबार साँझ बल्खुस्थित सकुम्बासी बस्तीमा बोरामा हालेर फालिएको अवस्थामा महिलाको शव भेटिएको थियो । रगतले लत्पतिएको बोरा देखेर स्थानीयले खबर गरेपछि अनुसन्धान थालेको प्रहरीले शव सन्तोषीको भएको पत्ता लगाएको थियो ।

अनुसन्धानबाट सन्तोषले कोठामा श्रीमतीको हत्या गरेपछि तन्नामा पोको पारेर बोरामा शव फ्यालेको पाइएको प्रहरी वृत्त, कालिमाटीका डीएसपी अपिलराज बोहोराले बताए । उनका अनुसार उनी सुत्ने घरमै हत्यामा प्रयोग भएको हतौडा, रगताम्ये सिरक, मृतकको जुत्ता, लागूऔषध डाइजेपामको फुटेको सिसा लगायत बरामद भएको छ ।

‘श्रीमान्–श्रीमतीबीच लामो समयदेखि झगडा हुने गरेको पाइएको छ’, बोहोराले  भने, ‘सोमबार जोरपाटीस्थित माइतीबाट घर गएका बेला घटना भएको हो ।’ बोहोराका अनुसार सन्तोषीले बल्खुस्थित एक सहकारीमा डेढ लाख रुपैयाँ ऋण लिएकी थिइन् । त्यसको किस्ता बुझाउन गएका बेला घटना भएको पाइएको छ ।

सन्तोषीको शवको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोष्टमार्टम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!