हिपमत डटकम

बुधबार, चैत्र ०४, २०७७ || 1138  पटक पढिएको

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुनै निर्णय लिनका लागि शान्त ठाउँमा पुग्ने गर्छन् । उनी विशेषगरी पूर्वतिरको शान्त ठाउँमा पुगेर महत्वपूर्ण निर्णय लिने तयारी गर्छन् । देशको राजनीतिलाई नयाँ मोड दिने निर्णयका लागि उनी एकान्तवास खोज्ने गर्छन् ।

यसपटक प्रचण्ड सिन्धुलीतिर पुगेका छन् । उनी सिन्धुलीस्थित हरिबोल गजुरेलको गाउँ पुगेका छन् । त्यहाँ उनी रिफ्रेश हुन पुगेका हुन् । यसपटक प्रचण्डले एकान्तमा गम्भीर चिन्तन गरेर निर्णयको तयारी गर्न लागेका हुन् ।

सत्ता समिकरणको गृहकार्य चलिरहँदा प्रचण्ड शहरको कोलाहालबाट टाढा शान्त ठाउँमा पुग्नुलाई अर्थपूर्ण मानिएको छ । उनले यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन कठोर निर्णय लिन लागेको बुझिएको छ ।

प्रचण्डले ओलीको बर्हिगमनका लागि काँग्रेस या जनता समाजवादी पार्टीबाट निर्णय भई आउने नेतालाई सघाउने वचन दिइसकेको बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!