हिपमत डटकम

बुधबार, चैत्र ०४, २०७७ || 1326  पटक पढिएको

झापा आन्दोलनका पहिलो गुरिल्ला कमाण्डर मोहनचन्द्र अधिकारी नेकपा एमाले माधव पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा पुग्नुभएको छ । ८४ वर्षीय अधिकारी भर्खरै भेलामा आइपुग्नुभएको हो ।

अधिकारीले आफूले बनाएको पार्टीको कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको बताउनुभयो । ‘यो पार्टी ०२४ सालमा म समेतले बनाएको हो, आज यहाँ आउँदा खुशी लागेको छ,’ उहाँले भन्नुभयो ।

एमालेमा दुई धार देखिएकोबारे अधिकारीले आफूले क्रान्तिकारी पार्टीलाई साथ दिने बताउनुभयो ।

त्यसैगरी भेलामा नेताहरु सिद्धिलाल सिंह,प्रदिप नेपाल, कमल कोइराला र राधाकृष्ण मैनालीको समेत सहभागिता रहेको छ ।

एमाले अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा, ३ जना उपाध्यक्ष, २ जना सचिव एकजना उपमहासचिव र अन्य धेरैजना जेष्ठ कम्युनिष्टहरु भेलामा उपस्थित भइसक्नुभएको छ ।

साभार -जनआस्था

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!