नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले बुधबारदेखि दुई दिने राष्ट्रिय भेला गर्दैछ । भेलामा देशभरबाट २ हजार बढी नेता कार्यकर्ता सहभागी हुने भएको छ । भेला ललितपुरमा हुने छ ।

प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधान सम्मतरुपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल हुने छ । उनले पार्टीका सबै नेता कार्यकर्ता सहित समर्थ शुभेच्छु संग पार्टीको सुदृढ एकता तथा विधानसम्मत पार्टी संचालनका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्न आग्रह समेत गरे ।
यसैबीच खनाल–नेपाल समूहले राष्ट्रिय भेला बोलाएपछि संस्थापन पक्षले पार्टीको तर्फबाट त्यस्तो कुनै भेला नबोलाइएको स्पष्ट पारेको छ ।

महासचिव ईश्वर पोखरेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीको तर्फबाट चैत ४ र ५ गतेका लागि कुनै भेला आह्वान नभएको र प्रचारित सूचनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा अनाधिकृत गुटगत भेला नगर्न नगराउन, कसैले बोलाएपनि सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । त्यस्तो भेलामा सहभागी भएमा संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवम् नियमावली बमोजिम कारबाही हुने चेतावनी पनि दिइएको छ ।

प्रतिनिधिसभा विघटनयता नै प्रचण्डसँग मोर्चाबन्दी गरेको नेपाल समूह सर्वोच्चको फागुन २३ को फैसलापछि एमाले ब्युँतेपछिमात्रै एमालेमा फर्किएको हो । खनाल–नेपाल समूहले पार्टी विधानविपरीत ओली अघि बढेर पार्टीलाई विभाजनतिर लगेको आरोप लगाउँदै आएको छ । संस्थापनले अध्यक्ष र महासचिव बाहेकका सबै पदाधिकारीको पद खारेज गर्नुका साथै विभिन्न स्थानमा जिम्मेवारी समेत तोकेपछि नेपाल–खनाल समूह रुष्ट बनेको हो ।

(साभार लोकान्तर) फाइल फोटो

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!