लगातार ओरालो लागेको नेप्से परिसूचक मंगलवारको कारोबारमा समान्य सुधार देखिएको छ । यस दिन २४००.०५ बिन्दुबाट शुरु भएको बजार २४१६.८४ बिन्दु सम्म पुगे पनि ओरालो लागेर २३९१.७४ मा बन्द भएको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स समेत ०.४४ अंकले बढेर ४३०.४९ अंकमा पुगेको हो ।

२१२ ओटा कम्पनीको ४६ हजार ५४० पटकको लेनदेन कारोबारमा ९० लाख १२ हजार ८५३ कित्ता शेयर खरिद बिक्रि भएको छ । यस दिन ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३३९ को कारोबार भएको छ । यो रकम कारोबार सोमबारको कारोबार रकम भन्दा कम रहेको छ । सोमवार ४ अर्ब २४ करोड ८४ लाख २४ हजार ०६६ को कारोबार भएको थियो ।

मंगलवार सर्वाधिक होटल एण्ड टुरिज्म ३.३६ प्रतिशत, लाइफ इन्सुरेन्स १.४६ प्रतिशत, माइक्रो फाइनेन्स ०.६७ प्रतिशत, मेनुफेक्चरिङ्ग तथा प्रोडक्टस ०.४४ प्रतिशत, इन्भेष्टमेन्टको ०.२२ प्रतिशत, बैंकिङ्ग ०.२१ प्रतिशत र फाइनेन्सको ०.११ प्रतिशत परिसूचक बढेको छ । त्यस्तै ट्रेडिङ्गको १.९२ प्रतिशत, हाइड्रो पावरको १.५१ प्रतिशत र अदर्शको १.०७ प्रतिशत परिसूचक घटेको छ ।

यस दिन ९ प्रतिशत भन्दा बढीको कारोबार भएको मध्ये चन्द्रागिरी हिल्स ९.९८ प्रतिशत, जोशी हाइड्रो ९.९२ प्रतिशत, घलेम्दी हाइड्रो ९.८३ प्रतिशत, ग्रीणलाइफ हाइड्रो ९.७० प्रतिशत र खानीखोला हाइड्रो ९.४० प्रतिशत रहेको छ भने राष्ट्रिय विमा कम्पनी सर्वाधिक ८.८१ प्रतिशतले घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!