हिपमत डटकम

मंगलबार, चैत्र ०३, २०७७ || 660  पटक पढिएको

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम समूहको बैठक सुरु भएको छ । बल्खु स्थित एक पार्टी प्यालेसमा मध्यान्ह १२ बजेदेखि गौतम पक्षका नेता कार्यकर्ता सहभागी एकता राष्ट्रिय अभियान कार्य सम्पादन समितिको पूर्ण बैठक सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय सदस्यलाई चियापान कार्यक्रम आयोजना गरिरहेका बेला सो कार्यक्रम बहिष्कार गर्दै गौतम समुहले पनि छुट्टै भेला आयोजना गरेको हो । माओवादी केन्द्र र एमालेबीच पार्टी एकता गर्नका लागि भूमिका खेल्ने बताउँदै आएका गौतमले पछिल्लो समय भने नेकपाभित्रको विभाजन रोक्न एकताको पहल थाल्ने बताएका थिए ।

यस्तै माधव कुमार नेपाल समुहले पनि भोलिका लागि बोलाएको कार्यकर्ता भेलाको जानकारी दिन आजै पत्रकार सम्मेलनको आयोजना गर्दैछ । गत चैत २८ गते अध्यक्ष ओलीले पार्टीमा अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीको जिम्मेवारी खोसेपछि नेपाल र गौतम समूह असन्तुष्ट भन्दै छुट्टै भेला र बैठकमा ब्यस्त रहेका छन् । नेकपा विभाजनपछि नेकपा एकता राष्ट्रिय अभियान बनाएका गौतमले त्यसयता गुटगत भेला गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!