हिपमत डटकम

सोमबार, चैत्र ०२, २०७७ || 956  पटक पढिएको

प्रतिबन्धित लागु औषध खैरो हेरोइनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं ४ बस्ने वर्ष २३ का आशिष चौधरी र बराह क्षेत्र नगरपालिका वडा नं ७ घर भई हाल ईटहरी उपमहानगरपालिका वडा नं ७ बस्ने वर्ष २४ का लोकनाथ भण्डारी रहेका छन् ।

सोमबार दिउँसो जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं. ६ स्थित मेची पुलमा लागु औषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले विषेश सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई ४० ग्राम प्रतिबन्धित लागु औषध खैरो हेरोइन जस्तो देखिने लिसाईलो पदार्थसहित फेला पारी तत्कालै नियन्त्रणमा लिएको थियो । दुवैलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय काकरभिट्टामा ल्याई राखिएको प्रहरीले जनाएको छ । उनीहरुलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाही प्रकृया अगाडी बढाइने प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!