लगातार घटि रहेको नेप्से परिसूचक सप्ताहको दोस्रोदिन सोमवार समेत १८.०७ अंकले ओरालो लागेर २३८९.१९ बिन्दुमा बन्द भएको छ । २४१८.५१ विन्दुबाट शुरु भएको बजार २३८९.१९ बिन्दुमा बन्द भएको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स समेत ५.०७ अंकले घटेर ४३०.०५ बिन्दुमा झरेको छ ।

सोमवार २१२ ओटा कम्पनीको ५२ हजार ३०९ पटकको कारोबारमा ९६ लाख ०४ हजार ५२९ कित्ता शेयर खरिद बिक्रि भएको छ । यस दिन ४ अर्ब २४ करोड ८४ लाख २४ हजार ०६६ को कारोबार भएको छ ।

सोमवार सर्वाधिक होटल एण्ड टुरिज्मको ३.६९ प्रतिशत, ट्रेडिङ्गको १.४८ प्रतिशत, इन्भेष्टमेन्टको ०.५७ प्रतिशत, मेनुफेक्चरिङ्ग तथा प्रोडक्टसको ०.१९ प्रतिशत र मिच्वल फण्डको ०.०२ प्रतिशत परिसूचक बढेको छ । यस दिन सर्वाधिक अन्य समूहको सर्वाधिक २ प्रतिशत र बैकिङ्गको १.०१ प्रतिशत परिसूचक घटेको छ ।

यस दिन सर्वाधिक चन्द्रागिरी हिल्सको ९.९५ प्रतिशत, घलेम्दी हाइड्रोको ९.४९ प्रतिशत, पञ्चकन्यामाई हाइड्रोपावरको ९.४७ प्रतिशत र आँखुखोला जलविद्युतको ९.०३ प्रतिशत बृद्धि भएको छ भने हिमालयन पावर पार्टनर सर्वाधिक ६.२५ प्रतिशतले घटेको छ । त्यस्तै चारबटा कम्पनी ४ प्रतिशत भन्दा बढी र पाँचवटा कम्पनी ३ प्रतिशत बढीले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!