हिपमत डटकम

सोमबार, चैत्र ०२, २०७७ || 676  पटक पढिएको

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी भनेको कुनै माछा बजार नभएको भन्दै पार्टी विधि र पद्धतिअनुसार चल्ने टिप्पणी गरेका छन् । आइतबार राति पत्रकार ऋषि धमलासँगको अन्तरवार्तामा उनले माधव नेपाल समूहप्रति कटाक्ष गर्दै भने, ‘पार्टी भनेको कुनै माछा बजार होइन, जसलाई जतिबेला मन लाग्यो आयो जतिबेला जान मन लाग्यो गयो, किन्न मन लागे किन्यो हेर्न मन लाग्यो हेर्यो । पार्टी भनेको विधि, विधान, पद्धति, नीति, नियम अन्तरगत चल्ने हो । यसर्थ यहाँ भेदभाव पक्षपातको कुरै छैन ।’ उनले पार्टी विधिअनुसार चल्ने भएकाले सोही अनुसार आउन पनि आग्रह गरे ।

उनले आफूले पार्टीका कसैलाई पक्षपात नगरेको दावी गर्दै बरु आफूलाई नेकपा रहँदाका अवस्थामा अध्यक्षदेखि साधारण सदस्यसमेत नरहने गरी निकाल्ने एकपक्षीय घोषणा गरेको भन्दै आक्रोश पोखे ।
उनले माधव नेपाल समूहको उपद्रो देखेर कार्यकर्ता तहमा उनीहरुलाई कारबाही गर्नुपर्ने आवाज उठेको भन्दै तर आफू अझैपनि नेपाल समूहले गल्ती स्वीकार्नुपर्छ भन्नेमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!