आइतबार, माघ १९, २०७६ || 766  पटक पढिएको

हिपमत डटकम
बिराटनगर,१९ माघ:एकीकृत जाँच चौकी (आईसीपी) विराटनगर हुँदै समुद्रपारबाट पैठारी गरिएका सामान बोकेका मालवाहक, भारतबाट आयात गरिने ग्यास र इन्धन बोकेका मालवाहक गाडी छुट्न थालेका छन् । आईसीपी सञ्चालन प्रक्रियामा आएसँगै शुक्रबारदेखि मालवाहक गाडी छुट्न थालेका हुन् ।

आईसीपीमा व्यवसायीका प्रतिनिधि र भन्सार एजेन्ट कक्षको व्यवस्थापन अझै बाँकी रहे पनि सञ्चालनमा ल्याइएको हो । फेब्रुअरी १ देखि सञ्चालनमा ल्याउने तयारी गरिए पनि एक दिन अगावै आईसीपीलाई सञ्चालनमा ल्याइएको छ ।

तेस्रो मुलुकबाट पैठारी गरिएको सामान बोकेका कन्टेनर र भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङ्कर तथा ग्यासका बुलेट आईसीपीको बाटो हुँदै नेपाल प्रवेश गराइएको विराटनगर भन्सार कार्यालय, रानीका सूचना अधिकृत मणिराम पौड्यालले जानकारी दिए ।

आईसीपीमा बैङ्क, क्वारेन्टाइन र सुरक्षा निकायका एकाइ खडा भइसकेका छन् । त्यसबाहेक इन्टरनेट प्रबन्धसमेत मिलाई सकिएको अधिकृत पौड्यालले बताए । अब एजेन्ट कक्षको प्रबन्ध मिलाउन आवश्यक भएको छ, पौड्यालले भने, केही पूर्वाधार विस्तार गर्नुपर्ने पनि छ ।

आईसीपी परिसरमा आवश्यक पर्ने मालवाहक सवारीको पार्किङ क्षेत्र भने साँघुरो भएको छ । क्षेत्र विस्तार गर्न सक्ने जग्गा भए पनि अहिले ८० वटा क्षमताको मात्रै पार्किङ रहेको छ । तत्काल पाँच सय मालवाहक सवारी क्षमताको पार्किङ विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ । मालसामान जाँचका लागि सेड घर, वेयर हाउस र गोदाम पनि साँघुरो भएको छ ।

आईसीपी परिसर १२९ बिघा क्षेत्रफलमा फैलिएकोले आवश्यक संरचना निर्माण गर्न समस्या छैन । गत माघ ७ गते उद्घाटन भएको आईसीपीमा केही संरचना तयार गर्नुपर्ने भएकोले क्रमशः निर्माण गर्दै जाने बताइएको छ ।

आईसीपी नजिकै रेल मार्ग विस्तार भइसकेको छ । बुधनगरमा रहेको रेल स्टेसनको -याकसमेत साँघुरो हुने भएकोले त्यस्तालाई समेत विस्तार गर्नुपर्ने अधिकृत पौड्यालले जानकारी दिए ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!