
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। आगामी निर्वाचनको तयारी, समानुपातिक उम्मेदवारको सूची तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न पुस १४ गते बैठक बस्ने निर्णय गरिएको हो।

पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना हुनेछ। बैठकमा निर्वाचन रणनीति, समानुपातिक उम्मेदवार छनोट प्रक्रिया र वर्तमान राजनीतिक अवस्थाका विविध पक्षबारे गम्भीर छलफल हुने उनले जानकारी दिए।