हिपमत डटकम

आइतबार, पौष १३, २०८२ || 311  पटक पढिएको

महोत्तरी । अत्यधिक जाडोका कारण महोत्तरी जिल्लाका सबै स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। निरन्तर चलिरहेको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्रभावित भएपछि जिल्लाका १५ वटै स्थानीय तहले विद्यालयमा बिदा दिने निर्णय गरेका हुन्।

स्थानीय तहहरूले बर्खे बिदाबाट कटौती हुने गरी हाललाई दुईदेखि तीन दिनसम्म विद्यालय बन्द रहने जानकारी दिएका छन्। जारी विज्ञप्तिमा अत्यधिक जाडोका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले पठनपाठन स्थगित गरिएको उल्लेख छ।

तराई–मधेस क्षेत्रमा पछिल्ला केही दिनदेखि शीतलहर र चिसो हावा तीव्र रूपमा बढेको छ। अत्यधिक जाडोका कारण विशेषगरी बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!