हिपमत डटकम

आइतबार, चैत्र ०१, २०७७ || 655  पटक पढिएको

जनता समाजवादी पार्टी नेपालका सांसदहरुले विना सहमति सरकारमा नजान पार्टी नेतृत्वलाई सुझाव दिएको छ । आइतबार सो पार्टीका केही सांसदले छुट्टै बैठक आयोजना गर्दै जसपा नेपालले राखेको मागमा कुनै ‘कम्प्रमाइज’ नगर्न सुझाव दिएको प्रतिनिधिसभा सदस्य प्रमोद साहले बताए ।

रेशम चौधरीको रिहाइ, संविधान संशोधन, आन्दोलनकारी माथि लगाइएको मुद्दा फिर्ता, घाइतेलाई भरणपोषणजस्ता माग पूरा भएपछि मात्र सरकारको विषयमा कुरा गर्ने, नभए अहिले सरकारको बारेमा कुनै कुरा नगर्न बैठकले सुझाव दिएको उनले बताए ।

कुनै दल विशेषलाई सहयोग पु-याउनका लागि कसैले पार्टी फुटाउन प्रयास गरे त्यसको प्रतिकार गर्ने, त्यसको विरोध गर्ने र पार्टीलाई फुटबाट जोगाउने सहमति भएको उनको भनाइ छ । उनले भने, ‘पार्टी फुटाएर भए पनि सरकार बनाउने चर्चा चलिरहेको छ, यदि पार्टी फुटाउने कदम कुनै नेताले चालेमा त्यसको प्रतिकार गर्ने र कडा विरोध गर्नेछौं ।’

बैठकमा प्रतिनिधिसभा सदस्य समेत रहेका जसपा नेपालका कार्यकारिणी समितिका सदस्य रामसहाय यादव र अमृता अग्रहरि पनि सहभागी थिए । उनीहरु मार्फत चैत ५ गते बस्ने कार्यकारिणी समितिको बैठकमा यो निष्कर्षलाई विधिवत रुपमा पेस गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!