आइतबार, माघ १९, २०७६ || 1955  पटक पढिएको

हिपमत डटकम
काठमाडौं ,१९ माघ :उत्तर प्रदेशको बाराबंकी जिल्लाका एक व्यक्ति आफ्नी श्रीमतीको काटिएको टाउको लिएर पूरा शहर घुमेपछि पुलिस थाना पुगेको भारतीय संचार माध्यमले बताएका छन् । आरोपीको पहिचान अखिलेश रावतको रुपमा भएको छ ।श्रीमतीको टाउको हातमा लिएर पुलिस थाना पुगेका व्यक्तिलाई देखेर सुरुमा पुलिससमेत आत्तिएको भारतीय संचार माध्यम भास्करले बताएको छ । स्रोतका अनुसार ती व्यक्तिले पुलिसलाई भने, ‘मैले श्रीमतीको हत्या गरिदिए साहब । मलाई पक्राउ गर्नुहोस् ।’ पुलिसको उनको हातबाट टाउको लिन खोज्दा उनले भारतीय राष्ट्रगान र ‘भारत माता की जय’ को नारा लगाएको पुलिस अधिकारीले जानकारी दिए । मृतकका पिता गोबिन्दले दुई दिनअघि मात्रै ज्वाईंले आफ्नी छोरीलाई लगेको र उनको हत्या गरेको जानकारी दिए । उनले भने, ‘छोरीको तीन वर्षअघि विवाह भएको थियो । ६ महिना अघि उनीहरुको छोरी जन्मिएको थियो जसको उनीहरुले घाँटी थिचेर हत्या गरेका थिए ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!