खबर ठुलो छ
आइतबार, माघ १९, २०७६

हिपमत डटकम
काठमाडौं ,१९ माघ :स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले बार्सिलोनामाथि ६ अंकको अग्रता लिएको छ । लिग अन्तर्गत शनिबार साँझ भएको खेलमा रियलले एट्लेटिको म्याड्रिडलाई १–० गोलले हरायो । घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि खेलमा रियलले दोस्रो हाफमा निर्णायक गोल गरेको हो ।

रियलको जितमा करिम वेन्जेमाले ५६ औं मिनेटमा गोल गरे । उनले फर्लान्ड मेन्डीको पासमा गोल गरेका थिए । यस जितसँगै रियल म्याड्रिडले शीर्षस्थान थप बलियो बनाएको छ । रियलको २२ खेलबाट ४९ अंक छ । दोस्रो स्थानमा रहेको साविक विजेता बार्सिलोनाको २१ खेलमा ४३ अंक छ । एट्लेटिकोको ३६ अंक सहित पाँचौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया