
८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक बृद्ध पक्राउ परेका छन् । मोरङको रतुवामाई नगरपालिका–४ सिंगारी बस्ने ६० वर्षीय फुदिया मुखियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मुखियाले ती बालिकालाई सोही ठाउँस्थित बाँसघारीमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।