नेकपा एमालेको केपी ओली इतर समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले पक्षका नेताहरुको जिम्मेवारी खोसेको पछि आकस्मिक बैठक बोलाएका हुन् ।
केहीबेरमा नयाँ बानेश्वरस्थित अर्याल होटलमा बैठक बस्न लागेको नेता भीम रावलले जानकारी दिए ।
प्रदेश इन्चार्ज र विभाग प्रमुखबाट नेपाल खनाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर ओली पक्षका नेताहरुलाई दिइएको छ। यस्तै अध्यक्ष ओलीले शुक्रबार महासचिव बाहेकका पदाधिकारी भंग गरेका थिए ।