हिपमत डटकम

शुक्रबार, फाल्गुण २८, २०७७ || 827  पटक पढिएको

प्रहरीले काठमाडौँको बौद्धबाट २ किलोग्राम युरेनियमसहित ४ जनालाई पक्राउ गरेको छ । युरेनियम २३८ को गैरकानुनी कारोबार भइरहेको विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले फागुन २७ गते टुसाल–६ बाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप घर भएका ४० वर्षीय नारायणसिंह तामाङ, रामेछापकै ५० वर्षीया जानुका तामाङ, रामेछापका २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने रहेका छन् । उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!