हिपमत डटकम

शुक्रबार, फाल्गुण २८, २०७७ || 671  पटक पढिएको

जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको नेता चयन गर्न सकेन । शुक्रबार बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने अपेक्षा गरिए पनि आन्तरिक विवादका कारण उक्त विषयलाई थाँती राखिएको बताइन्छ ।

नयाँ सत्ता समीकरणका लागि निर्णायक भूमिका निर्वाह गर्ने स्थानमा रहेको जसपा नेपालले अहिलेसम्म आफ्नै संसदीय दलको नेता चयन गर्न सकेको छैन । संसदीय दलको नेताका लागि महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, डा. बाबुराम भट्टराई आकांक्षी छन् ।

बैठकमा संसदीय दलको विधानसमेत प्रस्तुत भएको छ । विधान अध्ययन गरी अर्को बैठकमा यसलाई पारित गर्ने जनाइएको छ ।

जसपा नेपालले विकसित राजनीतिक परिस्थितिका बारेमा दलहरूसँग छलफललाई निरन्तरता दिने भएको छ । संसदीय दलको बैठकले दलहरूसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको हो ।

सो पार्टीका नेता राजेन्द्र श्रेष्ठका अनुसार जसपा नेपालले शुक्रबार नै नेपाली काँग्रेससँग छलफल गर्दैछ । काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्नका लागि जसपाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई बूढानीलकण्ठ जाने उनको भनाइ छ ।

बैठक पछि नेता राजकिशोर यादवले विगतदेखि नै आफ्नो दललाई सत्ताको लागि प्रयोग भएको आरोप लाग्ने गरेको बताउँदै अब नेतृत्व गर्न तयार रहेको बताए । अब काँग्रेस–एमालेसँग जसपाको नेतृत्वमा सरकार बनाउने प्रस्ताव गर्ने उनको भनाइ छ ।

तर जसपाको महन्थ ठाकुर समूहले भने केपी ओली नेतृत्वको सरकारमा जान खोजिरहेको बताइन्छ । जसपामा ओली सरकारमा जाने वा कसरी अघि बढ्ने भन्नेमा विवाद रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!