हिपमत डटकम

शुक्रबार, फाल्गुण २८, २०७७ || 899  पटक पढिएको

रुपन्देहीको गैडहवा गाउँपालिका–६, गुलरियाका २६ वर्षीय दिनेश लोधको हत्या अभियोगमा प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बाट रामवरण यादवलाई रुपन्देही प्रहरीले पक्राउ गरेकोे छ ।

आफ्नी श्रीमतीसँग यौनसम्बन्ध राखेको थाहा पाएपछि यादवले लोधको हत्या गरेको प्रहरीको दाबी छ ।

गत मङ्सिर १७ गते बिहान ७ः३० बजे गैडहवा गाउँपालिका–६ स्थित पर्सा कलौनी सडक खण्डको पूर्वी किनारमा लोधको शव फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक रवीन्द्र महतका अनुसार पक्राउ परेका यादवले हत्या आफूले गरेको स्वीकार गरेका छन् ।

लोधको टाउकोमा गम्भीर चोट लागेको,नाक र मुखबाट रगत बगेको अवस्थामा शव फेला परेको थियो ।

प्रहरीले प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान अघि बढाएको थियो ।

घटनास्थलबाट उठाइएको सबुद प्रमाण, प्राविधिक पक्षको विश्लेषणलगायत अन्य अनुसन्धानबाट लोधको हत्या रामवरण यादवबाटै भएको खुल्न आएको प्रहरीको दाबी छ । यादवमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएको प्रहरी निरीक्षक महतले बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!