हिपमत डटकम

बिहिबार, फाल्गुण २७, २०७७ || 670  पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारमा जाने र पार्टी एकता हुने विषय हुँदै नहुने भन्ने नभएको बताएका छन् । उनले आफूहरुको प्राथमिकता भने सरकारसँग भएको तीन बुँदे सहमतिकै विषय रहेको बताए ।

‘पार्टीका कुरा सरकारका कुरा हुँदै नभएको विषय ल्याइएको छ,’ आफ्नो समूहनिकट डिजिटल पत्रिका इरातोखबरसँगको भिडियो अन्तवार्तामा विप्लवले भने, ‘हुँदै हुन्न भन्ने विषय होइन भोलि जे पनि हुनसक्छ ।’

विप्लवले आफूहरुको उद्देश्य नेपालको कम्युनिस्ट आन्दोलनलाई एक ठाउँमा ल्याउने रहेको बताए । देश संकटमा रहेकाले समाधानको विषयमा आफूहरु केन्द्रित रहेको बताए ।

विप्लवले जनमतसंग्रहमा जोड दिए । देशमा एकपटक जनतालाई व्यवस्था रोज्ने अधिकार दिनुपर्नेमा जोड दिए । ‘जनचाहना आमूल परिवर्तन छ,’ विप्लवले भने ।

जनतामा परीक्षण गरेर संसदीय व्यवस्था कि जनताको वैज्ञानिक समाजवाद भन्ने टुंगो लगाउनुपर्ने बताए । उनले भने, ‘यही व्यवस्था मान होइन भने दमन गर्छु भन्न पाइन्छ ?’ जनमतबाट व्यवस्था टुंगो लगाउनका लागि सबै तयार हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!