हिपमत डटकम
काठमाडौँ,१८ माघ:नकुल आधिकारीकी श्रीमती आफ्नो दुई छोरी सहित कुमार कार्कीसंग गएपछि अहिले नकुल अधिकारीमात्र पीडित छैनन् कुमार कार्कीकी श्रीमती चुनीमाया कार्की पनि उस्तै पीडामा छिन् । बिदेश गएको दुई बर्ष हुँदा जम्मा ४ पटक पैसा पठाए, अरु बेला कम्पनी बन्द भयो भन्दै उतै बस्दै आए । उनी नेपाल कहिले आएका थिए स्वयं श्रीमती चुनीमायालाई समेत थाहा छैन । नकुलकी श्रीमती अनुपासंग आफ्नो बुढा कुमारको लसपस भएको थाहा पाएर पनि उनले त्यसलाई हटाउन धेरै कोसिस गरेकी थिईन तर सकिनन् । अन्तः कुमार कार्कीले अनुपालाई भगाएरै छाडे । १३ बर्षका छोरो पठाउन चुनीमाया पोखरामा बस्दै आएकी छन् । कुमार कार्कीको अझै पनि अत्तोपत्तो छैन । अनुपा अधिकारी र कुमार कार्की साथै अनुपाका दुई छोरीहरु संगै बस्दै आएको अनुपा आफैले बताएकी थिईन् । उनीहरुको खोजी चुनीमाया र नकुलको परिवारले गर्दै आएको छ । चुनीमायाका अनुसार आफन्तकै सहयोगमा उनीहरु लुकेका छन् । परिवारबाट खोजतलास गर्न कुनै सहयोग नभएको उनको गुनासो छ । कुमारले बिदेशमै हुँदा दश लाखमा डिभोर्स मागेको र आफूले स्वीकार नगरेको समेत उनले खुलासा गरिन् । हेर्नुहोस् यो कुराकानीको भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!