मनिस कुमार दास

बुधबार, फाल्गुण २६, २०७७ || 786  पटक पढिएको

सिरहा – सिरहाको सुखीपुर नगरपालिमा तेस्रो नगर स्तरीय क्रिकेट कप टुनामेन्ट शुरु भएको छ । नगर सुधार समिति सुखीपुरको आयोजनमा वडा नं. ८ स्थित श्री जनता उच्च माध्यमिक विधालय सुखीपुरको खेल मैदानमा टुनामेन्ट शुरु भएको हो ।

प्रथमहुनेलाई दशहजार नगद र दोस्रोहुनेलाई पाँच हजार नगद पुरस्कार सहित ट्रफी प्रदान गरिने आयोजक समितिका अध्यक्ष विपी भुवन यादवले हिपमत डटकमलाई जानकारी दिए । सो टुनामेन्टमा नगरपालिकाका १० वटै वडाका क्रिकेट टिमहरु सहभागी हुनेछ । अध्यक्ष यादवका अनुसार म्यान अफद म्याच, म्यान अफद सिरिज, वेस्ट बलर तथा वेस्ट व्याटस म्यानलाई समेत ट्रफी प्रदान गरिने छ ।

बुधवार एक कार्यक्रमबीच अयोजक समितिका अध्यक्ष विपी भुवन यादव तथा प्रमुख अतिथि व्यापार संघ सुखीपुरका अध्यक्ष शत्रुधन चौधरीले संयुक्त सो टुनामेन्टको उद्घाटन गरेको थियो ।
शुरुवाती खेल वाड नं.२ र ३ को बिच भएको हो । पहिलो ब्याटिङ्ग गर्दै वडा नं. ३ ले २० अभरमा १३३ रन बनाए । प्रतिकारमा उत्रेका वडा नं. २ मात्र २५ रनमै सबै बिकेट गुमाए । पहिलो खेलको पहिलो बिजेता वडा नं.३ घोषित भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!