हिपमत डटकम

बिहिबार, भाद्र १२, २०८२ || 980  पटक पढिएको

काठमाडौँ — संसदीय सुनुवाइ समिति (संयुक्त) मा सदस्य हेरफेर हुने भएको छ। प्रतिनिधिसभाको शुक्रबारका लागि तय गरिएको बैठकको सम्भावित कार्यसूचीमा समितिमा सदस्य परिवर्तन सम्बन्धी प्रस्ताव समावेश गरिएको छ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीको दोस्रो बुँदामा उल्लेख छ, “सम्माननीय सभामुखले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समितिमा माननीय सदस्यको नाम हेरफेर गर्नुहुनेछ।”

संसद स्रोतका अनुसार, नेपाली कांग्रेसले समिति सदस्यमा हेरफेर गर्न लागेको हो। सभामुख देवराज घिमिरेले बिहीबार बोलाएको प्रमुख सचेतकहरूको बैठकमा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सदस्य हेरफेरको प्रस्ताव राखेका थिए।

स्रोतका अनुसार, ‘कुलिङ अफ पिरियड’ विवादको छानबिनका लागि बनेको संसदीय विशेष समितिको प्रतिवेदनपछि राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको जिम्मेवारीबाट राजीनामा दिएका रामहरि खतिवडालाई कांग्रेसले संसदीय सुनुवाइ समितिमा लैजान लागेको हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!