मकवानपुर — बागमती प्रदेश सरकारद्वारा ६ जना प्रदेश सचिवको सरुवा तथा पदस्थापनबिहीबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले ६ जना प्रदेश सचिवहरूको पदस्थापन तथा सरुवा गरेको छ।
सङ्घीय सरकारबाट हालै सरुवा भई आएका ३ जना सचिवको पदस्थापन गरिएको छ भने प्रदेशमै कार्यरत ३ जनाको सरुवा गरिएको हो।
नयाँ पदस्थापन भएका सचिवहरू:
ईश्वरचन्द्र मरहठ्ठा — भौतिक पूर्वाधार विकास मन्त्रालय
इन्द्रदेव भट्ट — ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालय
बलराम ढकाल — श्रम तथा यातायात मन्त्रालय
सरुवा भएका सचिवहरू:
झलकराम अधिकारी — आर्थिक मामिला तथा योजना मन्त्रालय (पहिले युवा तथा खेलकुद मन्त्रालयमा)
वीरेन्द्रदेव भारती — युवा तथा खेलकुद मन्त्रालय (पहिले श्रम, रोजगार तथा यातायात मन्त्रालयमा)
पूर्णबहादुर दर्जी — सामाजिक विकास मन्त्रालय (पहिले सहकारी तथा गरिबी निवारण मन्त्रालयमा)
अन्य निर्णयहरू:
मन्त्रिपरिषद्को बैठकले करार तथा अस्थायी कर्मचारीलाई महँगी भत्ता प्रदान गर्ने निर्णय पनि गरेको छ। प्रदेश आर्थिक ऐनअनुसार प्रदेश सरकार मातहत रहेका करारका कर्मचारीलाई यो सुविधा दिने व्यवस्था गरिएको हो।