लगातार ओरालो लागेको शेयर बजार बुधवार समेत परिसूचक ३.४० अंकले ओरालो लागेको छ । बजारको शुरुवात २४७७.७१ को उच्च विन्दुमा पुगेपनि ओरालो उकालो गर्दै २४५८.४८ बिन्दुमा बन्द भएको छ ।

२०५ कम्पनीको ४६ हजार ९४८ पटक भएको लेनदेनमा ७८ लाख १६ हजार ८७४ कित्ता शेयर खरिद बिक्रि भएको छ । त्यस्तै ४ अर्ब १० करोड ०४ लाख ०६ हजार ३३७ को रकम कारोबार भएको छ ।

फाल्गुन पहिलो सप्ताहमा समेत १० अर्ब माथीको रकम कारोबार भएको बजार अन्ति सप्ताहमा ४ अर्बमा तल झरेको छ ।

बुधवार नेपाल दुरसंचार कम्पनी लि.को सर्वाधिक ५५ करोड ७० लाख ८३ हजार ८८७ को कारोबार भएको छ भने नेपाल इन्फ्रास्टक्चर बैंक लि. को २० करोड ७१ लख २५ हजार १५४ को कारोबार भएको छ ।

यस दिन सर्वाधिक लाभांश प्राप्तकर्ता कम्पनी मध्ये चन्द्रगिरी हिल्स लि., घलेम्डी हायड्रो लि. र नेपाल हायड्रो डेभलपर लि.को ९ प्रतिशत भन्दा बढी र इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लि., साल्टट्रेडिङ कर्पोरेशन लि., लिब्रेटी इनर्जी कम्पनी लि. को ८ प्रतिशत भन्दा बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!