काठमाडौं– बुधवार राष्ट्रिय सुरक्षा परिषद्को वार्षिकोत्सव समारोहलाइ सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विखण्डनवाद र हिंसाको अन्त्यपछि नेपाल नयाँ शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् । उनले विखण्डन र साम्प्रदायिक विद्वेष अन्त्य भएर मुलुक शान्तिको नयाँ अध्यायमा प्रवेश गरेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले शान्तिपूर्ण राजनीतिमा विप्लव समूको आगमन कसैको विजय र पराजयको विषय नभई सबैको विजय भएको भन्दै हिंसाको बाटो लिएको समूहलाई पनि राजनीतिको मूलधारमा फर्किने वातावरण बनायौं र अब नेपाली समाज क्रमशः अनुकूल वातावरणमा अगाडि बढेको बताउनु भयो ।

उनले ‘लडेर मात्र नभई मिलाएर पनि शान्ति स्थापना सम्भव भएको भन्दै विखण्डनवाद र हिंसाको अन्त्यपछि नयाँ शान्तिपूर्ण युगमा प्रवेश गरेका छौं’  भन्नु भयो । (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!