नेकपा (माओवादी केन्द्र) बाट मन्त्री बनेकाहरु अब नेकपा (एमाले) मा समाहित हुने भएका छन् । सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग भएका छन् । दुई पार्टी अलग अलग भएपछि माधव नेपाल, झलनाथ खनालहरु एमालेमै फर्किएका छन् । तर, माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु भने माओवादीमा नजाने बरु सांसद पद नै माया मारेर एमालेमै बस्ने निधोमा पुगेका थिए ।

उनीहरुको निश्कर्ष सुनेपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई पार्टीमा उचित जिम्मेवारी दिनेगरि आफूनिकट नेताहरुसँग छलफल गरेको र लगत्तै माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्टलगायतसँग छलफल गरेका थिए ।

उनीहरु पार्टीले कारबाही गरेपनि कुनै चिन्ता नहुने तर एमालेमै बस्न राजी भएपछि सम्माजनक रुपमा उनीहरुलाई समाहित गर्ने ओलीले निर्णय गरेका छन् । स्रोतकाअनुसार गृहमन्त्री थापालाई भने प्रधानमन्त्री ओलीले उपाध्यक्ष दिने तयारी गरेका छन् । अरु नेताहरुलाई के जिम्मेवारी दिने भन्नेबारे अहिले टुँगो लागेको छैन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!