हिपमत डटकम
मनिष दाश
बिराटनगर,१८ माघ:प्रेम दिवसलाइ लक्षितगरि महेश बिक्रम पाण्डेको प्रेम गित तिम्रै लागि होकि सार्बजनिक भएको छ । उक्त गितको म्युजिक भिडियोमा रोज फिल्मको फुल हैन काडा काडै बाटो हिडौला गितबाट चर्चा बटुलेको गायिका प्रबिशा अधिकारी र महेश बिक्रम पाण्डेको स्वर रहेको छ । पुजा गुरुङक शब्द सृजनामा महेश कै कम्पोज , म्युजिक एरेन्ज तथा ध्वनी मिश्रण रहेको छ । हाल काठमाडौमा पुनम रेकर्डिङ स्टुडियो सन्चालन गर्दै आएका गायक महेशको यो तेस्रो प्रेम गित रहेको जनाएका छन् । भिडियोमा नया आर्टिस्ट महेन्द्र र मन्जिलाको जोडि देख्न सकिन्छ । मदन खड्काले निर्दशन गरेको भिडियोलाइ बिरेन्द्र भट्टले छायांकन गरेका छन् भने अनिल रानाले सम्पादन कार्य गरेका हुन । गितलाइ पुनम अडियो भिडियो सोलुसन प्रालिको प्रस्तुतीमा Punam AVS Nepal युटुब च्यानल बाट रिलिज गरिएको छ ।