हिपमत डटकम
प्रकाश पाक्साँवा
तेह्रथुम१८ माघ: आर्थिक अभावका कारण उपचारमा समस्या भएका तेह्रथुम जिल्लाको छथर गाउँपालिका ४ फाक्चामारा मेहेलेवोटे निवासी हैकम सिं इमेहाङ्लाई सहयोग रकम हस्तान्तरण गरिएको छ । शनिबार एक कार्यक्रमका बिच बेलायतमा रहेको इमेहाङ समाज युकेद्दारा संकलित ९१ हजार १ सय १५ रुपैया रकम हस्तान्तरण गरिएको हो । आर्थिक रुपमा बिपन्न परिवारका इमेहाङको बारे उपचारमा समस्या भएको समाचार विभिन्न सन्चार माध्यममा प्रकाशन तथा प्रशारण भए पनि समाजले आर्थिक रकम संकलन गरेको समाजका अध्यक्ष नेत्र बहादुर इमेहाङले जानकारी दिनु भयो । समाजले संकलन गरेको रकम वडा सदस्य भुवन सिंह लिम्बू समाजसेवी तथा वुद्दिजिबी टेकराज तिगेला र मनु तुम्सा इमेहाङले संयुक्त रुपमा पीडित इमेहाङलाई हस्तान्तरण गर्नु भएको थियो । यस अघि हङकङमा रहनु भएका शिव इमेहाङले खाद्यान्न तथा लत्ताकपडा सहयोग गर्नु भएको थियो । त्यस्तै हङकङमा रहनु अनिता अन्छोङ्बोको सकृयमा १ लाख ५० हजार रकम सहयोग प्रदान गरिएको छ । इमेहाङ ४ छोरा श्रीमती रहेका छन । उनको उपचार बिपि कोइराला बिज्ञान प्रतिष्ठान धरानमा गराई हाल डाक्टरको सल्लाह अनुसार घरैमा औषधि सेवन गर्दै आएका छ्न । इमेहाङको खुट्टामा सामान्य घाउ आएपनी आर्थिक कम्जोरका कारण उपचारमा समस्या भएपछि औलाहरु झरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!