हिपमत डटकम

सोमबार, फाल्गुण २४, २०७७ || 423  पटक पढिएको

म्यानचेस्टर युनाइटेडले चिर प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई उसैको घरेलु मैदानमा पराजित गर्दै २१ खेलको विजयी यात्रामा पूर्णविराम लगाएको छ । आइतबार राति भएको खेलमा युनाइटेड २–० ले विजयी बन्यो । हारका बावजुद सिटीको शीर्ष स्थानमा ११ अंकको अग्रता रहेको छ ।

पछिल्ला आफ्नो घरेलु मैदानबाहिर खेलिएका २२ लिग खेलमा अपराजित रहेको युनाइटेडले खेलको सुरुवातमा नै पेनाल्टी पाएको थियो । खेलको शुरु भएको ३० सेकेन्डमा न ग्याब्रियल जिसुसले एन्थोनी मार्सियाललाई लडाएपछि युनाइटेडले पेनाल्टी पायो जसलाई ब्रुनो फर्नान्डेजले गोलमा परिणत गरे ।

दोस्रो हाफमा रोड्रीले सिटीका लागि बराबरी गोल फर्काउने नजिक पुगे पनि लुक सले गोल गर्दै २१ नोभेम्बरपछि सिटीलाई पहिलो हारको स्वाद चखाए । पछिल्ला तीन खेलमा गोल गर्न नसकेको युनाइटेडले जीतसँगै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!